१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मनै लोभ्याउने लाङटाङ [फोटो फिचर]

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — काठमाडौंबाट छोटो र सजिलो पदमार्गमा लाङटाङ पर्दछ । यही कारणले लाङटाङमा विदेशी पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । लाङटाङ पदमार्गमा जाने पर्यटकले थोरै दिनमा एकै पटक धेरै कुरा हेर्न र घुम्न सक्छन् । त्यसैले लाङटाङ पदमार्ग पर्यटकको रोजाइमा परेको होटल व्यवसायीहरु बताउँछन् ।

अंग्रेजी क्यालेण्डर अनुसार सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना पर्यटक घुम्ने मुख्य सिजन हो । वर्षा सकिएर मौसम सफा भएकाले लाङटाङका पर्यटकीय क्षेत्रमा विदेशीहरुको बाक्लो उपस्थिति रहेको छ । पर्यटकहरुको चहलपहल जताततै देखिन्छ । अहिले दैनिक ६० देखि ७० जना विदेशी पर्यटक लाङटाङ घुम्न गइरहेका छन् ।

२०७२ बैशाख १२ गतेको भूकम्पले लाङटाङ क्षेत्रको पर्यटनमा ठुलो क्षति पुगेको थियो । सुन्दर पर्यटकीय क्षेत्र लाङटाङ अहिले पुर्ननिर्माणसँगै पुरानै अवस्थामा पुगेको छ । लाङटाङ पदमार्गमा पर्यटक बस्नको लागि सुरक्षीत होटल र घर बनिसकेको होटल व्यवसायी ढिण्डुप तामाङले बताए ।

पदमार्गमा आउने पर्यटकले रसुवाकै पुरानो क्याङजिन गुम्बा, लाङटाङ ग्लासियर र बस्ती नजिकैबाट एक दर्जन भन्दा बढी हिमालको अवलोकन गर्न सक्ने होटल व्यावसायी ङेरुप लामाले बताए ।

पछिल्लो समय भूकम्प पछि लाङटाङको अवस्था कस्तो छ भनेर हेर्न आउने पर्यटकहरु पनि धेरै रहेको लामाले भने । नेपालको तेस्रो पर्यटकीय पदमार्गको रुपमा लाङटाङ रहेको छ ।

प्रकाशित : कार्तिक २६, २०७५ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्