छठको पूर्व सन्ध्यामा सिंगारियो गंगा सागर र धनुष सागर

तस्बिर : अंगद ढकाल

जनकपुर — छठको तयारीमा मधेसका नदी, पोखरी, हाटबजार, गाउँघर छठमय बनेको छ । जलाशय किनारमा छठीमातालाई पवित्र सामग्री नैवेद्य चढाएपछि उदाउँदो र अस्ताउँदो सूर्यदेवलाई अर्घ्य दिनका लागि मधेसका नदी, पोखरी सिंगार्न थालिएको छ । घाट बनाउन नदी, पोखरीमा घुइँचो लागेको छ ।छठको पूर्व सन्ध्यामा जनकपुरको गंगा सागर र धनुष सागर सिंगारिएको छ ।

पुत्र, पति र परिवारको कल्याणको कामना गरिने छठपर्व मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदैछ । चार दिनसम्म हुने छठपर्वको रौनकले तराई–मधेसलाई छोपेको छ । बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्वको समापन हुन्छ ।


प्रकाशित : कार्तिक २६, २०७५ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्