१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

छठमय रौतहट[फोटो फिचर]

शिव पुरी

रौतहट — छठको प्रमुख दिन आज सदरमुकाम गौर लगायत जिल्लाभरका खोला, पोखरी नहरहरु अहिले झकिझकाउ भएका छन् । छठमा पकाइने विभिन्न प्रकारका पाकवानहरु ठेकुवा, भुसुवा, केरा, नरिवलहरुले गौरका खोला, पोखरी, नहरहरु ढाकिएका छन् ।

विभिन्न घाटहरुमा छठ व्रतालुहरुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका थिए । आज व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर भोली उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ समापन हुन्छ । रौतहट यतिखेर छठमय भएको छ ।

जिल्लाभरी ३ सय १६ स्थानमा छठका लागि बनाईएको घाटमा व्रतालुको भीड लागेको थियो । गौर लगायत चन्द्रनिगाहपुरमा मधेशी र पहाडे समुदायले मिलेर छठ मनाएका छन् । यसले साम्प्रदायीक सद्भावलाई प्रगाढ बनाएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । शब्द/तस्बिरः शिव पुरी/कान्तिपुर

प्रकाशित : कार्तिक २७, २०७५ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्