कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

तस्बिरमा हेरौं, खम्बा नाच

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — धुन्चेका युवा स्थानीय कला र संस्कृति जगेर्ना गर्न जुटेका छन् । उनीहरु चार दशकसम्म सञ्चालन हुन नसकेको चेन्दा नाचको संरक्षण र जगेर्नामा लागेका हुन् । यो नाचलाई युवाहरुले गत वर्षदेखि पुन: सुरु गराएका थिए । रसुवा संरक्षण तथा सांस्कृतिक कला समूह धुन्चेको आयोजनामा मंगलबार युवाहरुले चेन्दा नाचअन्तर्गत (खम्बा नाच) देखाए ।

हरेक वर्ष तिहारको भाइटीकापछिको मंगलबार चेन्दा नाच देखाइने चलन छ । २०३५ सालपछि यो नाच हुन सकेको थिएन । खम्बा नाचमा भारतबाट आएका जोगी, तिब्बतबाट आएका खम्बा र लामाको मुख्य भूमिका रहन्छ । 'यस नाचमा जोगीको महत्वबारेमा प्रस्तुत गरिएको छ,' टुल्कु छ्योइलिङ गुम्बाका लामा दावासिदार घलेले भने, 'नाच वर्षैपिच्छे फरक फरक हुन्छ ।' उनका अनुसार गत वर्ष देखाइएको जरायो नाच, यस वर्ष खम्बा नाच र अागामी वर्षमा राजारानीको नाच नाचिनेछ ।

खम्बा नाचमा भारतका जोगीले तिब्बतबाट आएका खम्बालाई फोहरी भन्दछन् भने तिब्बतकाले भारतीय जोगीलाई काले भन्दै व्यङ्ग्य गर्छन् । गत वर्षको नाचमा वन्यजन्तु संरक्षणका लागि लामाले खेल्ने भूमिकाबारे प्रस्तुति थियो । आफ्नो संस्कृति परम्परा तथा रीतिरीवाज जगेर्नाका लागि नयाँ पुस्तामा हस्तान्तरण हुन आवश्यक रहेको धुन्चेका युवा आङ छिरिङ तामाङको भनाइ थियो ।

यो नाच समूहमा नाचिन्छ । करिब ३ घण्टा नाचिने यो नाममा करिब २० जना सहभागी हुन्छन् । नाच्नेहरुले भारतीय जोगी र तिब्बतीयनको भेष लगाएका हुन्छन् । तिनीहरु नाच्दा लामाले पुस्तक पढ्ने र विधि भन्ने गरिन्छ । यो नाज फरक भएसँग भेष बदलिने स्थानीय बताउँछन् ।

प्रकाशित : कार्तिक २७, २०७५ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्