२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

उपत्यकामा छठ [फोटोफिचर]

शब्द/तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : इलिट जोशी, तस्बिर : कविन अधिकारी

काठमाडौँ — छठ पर्वको मुख्य दिन मंगलबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । काठमाडौं उपत्यका विभिन्न स्थानमा रहेका जलाशय पुगेर भक्तजनले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

ब्रतालुहरु उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर कतिपय भक्तजन जलाशय किनारमा बसेका छन् । रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइने छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो । भोलि बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ अन्त्य हुन्छ । आइतबार बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गरिन्छ । छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ ।

प्रकाशित : कार्तिक २७, २०७५ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्