कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लुम्बिनीमा सुरु भयो त्रिपिटक च्यान्टिङ (फोटोफिचर)

तस्बिर : मनोज पौडेल

लुम्बिनी — नेपालमा पहिलो पटक लुम्बिनीमा बुधबारबाट अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ (पाठ) सुरु भएको छ । पवित्र ग्रन्थ त्रिपिटकलाई विषेश रुपले सिँगारेर मायादेवी मन्दिर परिक्रमा गरी सुरु गरिएको थियो।

लुम्बिनीको पवित्रता र महिमा उजागर गरी शान्ति र भातृत्वको सन्देश फैलाउन कार्यक्रम गरिएको हो । लुम्बिनीस्थित पवित्र बगैंचा रहेको मायादेवी मन्दिर छेउमा टेण्ट राखेर कार्यक्रम गरिएको छ ।

थाई भिक्षुको नेतृत्वमा पाठ सुरु भएको थियो । त्यसपछि म्यानमारका भिक्षुले पाठ गरेका थिए । कार्यक्रमस्थल र मायादेवी मन्दिर परिसरलाई फुल, ब्यानर र लुङ्दाले चिटिक्क सिँगारेर दुलही जस्तै बनाईएको छ ।

कार्तिक २८ देखि ३० गतेसम्म ३ दिन सम्म गरिने कार्यक्रममा सहभागी हुन १८ देशका ५ सय बढी भिक्षुभिक्षणी सहभागी छन् ।

कार्यक्रममा उपस्थितमा भिक्षुले सामूहिक रुपमा दिप प्रज्वलन गरी उद्घाटन गरेको थिए । त्यस अघि अखण्ड शान्ति दिपबाट मायादेवी मन्दिर सम्म शोभायात्रा निकालिएको थियो ।

तस्बिर: मनोज पौडेल


प्रकाशित : कार्तिक २८, २०७५ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्