धपक्क बल्यो मायादेवी मन्दिर

मनोज पौडेल

काठमाडौँ — बुद्धस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर धपक्क बलेको छ । पहिलो अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ सम्पन्न भएपछि शुक्रवार साँझ मन्दिरमा दिपावली गरिएको थियो । दिवावली गरिएपछि मन्दिरमा उपस्थित भिक्षु भिक्षुणी, अनागरिका र गुरुमाले परित्रान पाठ गरेका थिए ।

‘निक्कै श्रृद्धा र शान्तिको वातावरण थियो’ भिक्षु श्रीवजिर प्रेमले भने, ‘धैरले राम्रो पुण्य सञ्चय गरे ।’

झलिमली बत्ती बालेपछि छुटै रौनक छाएको थियो । अधिकांशले एकल, सामुहिक र सेल्फी तस्बिर लिन तछाडमछाड गरेका थिए । ३ दिने च्यान्टिङमा १८ देशका ५ सय बढी भिक्षु, भिक्षुणी र गुरुमाले हातमा शान्ति बत्ती लिएर मन्दिर परिक्रमा गरेका थिए ।

तस्विर: मनोज पौडेल/कान्तिपुर ।

प्रकाशित : मंसिर २, २०७५ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्