कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोरबिजोरले हैरानी [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — उपत्यकामा बिहीबारदेखि सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरिएपछि सर्वसाधारणले कष्ट ब्यहोरेका छन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिभर्सल पिस फेडरेसनले मंसिर १४ देखि १७ गतेसम्म गर्न लागेको, ‘एसिया प्यासिफिक समिट’ का लागि जोरबिजोर नम्बरका आधारमा सवारी चलाउन थालिएकाले यात्रुहरुले गन्तव्यमा पुग्न समस्या झेलेका हुन् ।

सम्मेलनमा भाग लिने अन्तर्राष्ट्रिय पाहुनाको सुरक्षालाई ख्याल गर्दै गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ देखि १६ गतेसम्म जोरबिजोर नम्बरका आधारमा सवारी साधन चलाउने निर्णय गरेको छ । आज बिजोर नम्बरका गाडीमात्रै गुडे । गाडी नपाउँदा सुन्धाराका आधा सडक यात्रुको भीडले भरिएको थियो ।

प्रकाशित : मंसिर १३, २०७५ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्