कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

'सरकार भेटियो, न्याय भेटिएन' भन्दै प्रदर्शन [फोटोफिचर]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — एसिया प्यासिफिक समिट भइरहेको बेला शनिबार राजधानीमा सरकार विरुद्ध प्रदर्शन भएको छ । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई सरकारले न्याय दिन नसकेको भन्दै युवाहरुले प्रदर्शन गरेका हुन् ।

युवाहरुले 'सरकार भेटियो,न्याय भेटिएन' लेखिएको ब्यानर बोकेर माइतीघर मण्डलादेखि बानेश्वरसम्म सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

बानेश्वरमा पुगेर प्रदर्शन कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा विवेकशीलसाझा पार्टीकी नेतृ रञ्जु दर्शना, नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई लगायतको उपस्थिति थियो ।

प्रकाशित : मंसिर १५, २०७५ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्