कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुस्तीको रमाइलो [फोटोफिचर]

नवीन पौडेल

(परासी) — पश्चिम नवलपरासीको परासीमा जारी औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनीमा कुस्ती खेलले दर्शकको आकर्षण बढाएको छ । तराई क्षेत्रमा प्रख्यात यो खेल पछिल्लो समय हराउँदै गएको छ । पहिले पहिले गाउँगाउँमा कुस्ती प्रशिक्षण दिने गुरुबाट लड्ने कला सिक्ने भए पनि पछिल्लो पुस्ताले यो खेलमा रुची नदेखाउँदा हराउन लागेको हो ।

कतिपयले त कुस्तीलाई रेस्लिङको संज्ञा पनि दिने गरेका छन् । निकै नै रोमाञ्चक हुने यस खेलमा बुद्धि र बलको समुचित प्रयोगले जित हासिल गर्न सकिने र अनुशासित बनाउने विश्वास गरिन्छ । मेला तथा महोत्तसवमा अहिले यस खेलको संरक्षणका लागि कुस्ती प्रतियोगिता आयोजना हुने गरेको छ । कुस्ती हेर्न परासीमा बाहिरी जिल्ला र भारतबाट समेत दर्शक मेलामा सहभागी भएको आयोजक उद्योग वाणिज्य संघ नवलपरासीले जनाएको छ ।


प्रकाशित : मंसिर १८, २०७५ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्