कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्मलालाई न्याय माग्दै विद्यार्थीहरुको प्रदर्शन [फोटोफिचर]

गोविन्द पोखरेल

काठमाडौँ — बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तलाई न्याय माग्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । 

बुधबार पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले 'वी वान्ट जस्टिस' भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । 

प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकार विरुद्ध चर्को नाराबाजी गरे । निर्मलाले न्याय नपाएसम्म आफूहरु आन्दोलित हुने उनीहरुले बताएका छन् । विद्यार्थीहरुले सरकार गम्भीर नभए कडा आन्दोलनको चेतावनी समेत दिएका छन् । 

कार्यक्रमस्थलमा विद्यार्थीहरुले कान थुनेर,अनुहारमा कालोपट्टि बाँधेर सरकारको विरोध गरेका थिए


प्रकाशित : मंसिर १९, २०७५ ११:११
प्रतिक्रिया
पठाउनुहोस्