कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

निर्मलालाई न्याय माग्दै राष्ट्रपति भवन अगाडि प्रदर्शन, १२ पक्राउ

जनकराज सापकाेटा

काठमाडौँ — बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको न्यायका निम्ति अभियान चलाइरहेकाहरु राष्ट्रपति भवन महाराजगंज अघिबाट पक्राउ परेका छन् ।

म निर्मला लेखिएको पट्टी बाँधेका अभियन्ताहरुले राष्ट्रपति भवन अघि न्यायका निम्ती प्रर्दशन गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ गरेकाहरुलाई महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा राखिएको छ । सरकार भेटियो, न्याय भेटिएन लेखिएको पोस्टरसहित माईतीघरमा प्रर्दशन गर्ने युवाहरुकै एक समुहले राष्ट्रपति कार्यलय अघि प्रर्दशन गरेको थियो ।

तस्बिरहरु : काविन अधिकारी/कान्तिपुर ।

प्रकाशित : मंसिर २०, २०७५ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्