राष्ट्रपति भण्डारी लुम्बिनीमा [फोटोफिचर]

मायादेवी मन्दिरमा पुजाआजा
मनोज पौडेल

कपिलवस्तु — राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बुद्ध जन्मस्थल मायादेवी मन्दिरमा पुजाआजा गरेकी छन् । पुजाआजापछि मन्दिर नजिकको पुष्करणी पोखरीस्थित बोधी वृक्षमा पनि उनले पुजा गरेकी थिईन् ।

उनलाई मायादेवी प्रवेश उत्तरी गेटमा लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीले स्वागत गरेका थिए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले राष्ट्रपति भण्डारीलाई मायादेवी मन्दिर र लुम्बिनी विकास गुरुयोजना बारेमा जानकारी दिएका थिए । लुम्बिनी बौद्ध विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन आएका बेला उनले मायादेवी मन्दिर अवलोकन गरेकी हुन् ।

प्रकाशित : मंसिर २२, २०७५ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्