धनुष यज्ञका तस्बिरहरु

सन्तोष सिंह

काठमाडौँ — राम-जानकी विवाह महोत्सवको तेस्रो दिन आइतबार जनकपुरस्थित रंगभूमि मैदान बाह्र बिघामा घनुष यज्ञ सम्पन्न भएको छ । त्रेतायूगमा रामले धनुष तोडेको र सीताले वरमाला लगाएको सम्झनामा विवाह महोत्सवको तेस्रो दिन धनुष यज्ञ मनाइन्छ ।

रामले सभामा धनुष तोडेका थिए । मंसिर २६ गते हुने विवाह महोत्सवअन्तर्गत शुक्रबार विवाह महोत्सवको विधि सुरु भएको छ । सोमबार चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौं दिन स्वयम्बर तथा शुभविवाह (विवाहपञ्चमी) र सातौं दिन राम कलेवाको आयोजना गरिने छ ।

प्रकाशित : मंसिर २३, २०७५ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्