२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

रग्बी विश्वकपको नेपाल यात्रा : कालापत्थरदेखि पशुपतिनाथसम्म [फोटोफिचर]

कान्तिपुर संवाददाता

काठमाडौँ — रग्बी विश्वकप २०१९ जापानमा आयोजना हुँदै छ । एशियामा नै रग्बी विश्वकप हुनेभएपछि यस क्षेत्रमा पनि रग्बी प्रति आकर्षण बढाउन रग्बीको विश्वकप ट्रफीलाई एशियाका विभिन्न देशहरु घुमाइँदै छ । यसैक्रममा नेपालमा पनि रग्बी ट्रफी ल्याइएको थियो ।

उक्त ट्रफीलाई सगमाथा आधार शिविरभन्दा पनि माथि कालापत्थरसम्म पुर्‍याइनुका साथै काठमाडौं उपत्याका विभिन्न पर्यटकीय स्थानमा पनि प्रदर्शनका लागि राखिएको थियो ।

टुँडिखेलमा आयोजित एक कार्यक्रममा भने उपराष्ट्रपति नन्दकिशोर पुनले पनि ट्रफीको अवलोकन गरेका थिए । ट्रफी टुरको नेपाल १० औं गन्तव्य थियो भने यसलाई विश्वकप अघि २० देशमा पुर्‍याइने छ ।

रग्बी विश्वकप सेप्टेम्बर २० देखि २ नोभेम्बरसम्म जापानमा आयोजना हुँदै छ ।

तस्बिर स्रोत : विश्व रग्बी


प्रकाशित : मंसिर २५, २०७५ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्