जन्तीको स्वागतका लागि यसरी सजाइएको छ जानकी मन्दिर [तस्बिरहरु]

तस्बिर : किरण पाण्डे

काठमाडौँ — विवाहपञ्चमीका अवसरमा रामजानकी मन्दिर दर्शन गर्न नेपाली र भारतीय तीर्थयात्रीको भीड लागेको छ । भीडका कारण जनकपुर र अासपासका जिल्लामा मेला र उत्सवको रौनक छ ।

त्रेता युगमा राजर्षि जनकको प्रतिज्ञालाई मर्यादा पुरुषोत्तम रामले पूरा गरेपछि जनककी छोरी सीतासँग मार्ग शुक्ल पञ्चमी तिथिमा विवाह भएको जनविश्वास छ । यही विश्वास र संस्कृतिलाई निरन्तरता दिँदै साधु, सन्त, महन्थ, साहु महाजन तथा ब्राम्हण पुजारीसहित धर्मपरायण नरनारीको भव्य जन्ति जनकपुरस्थित जानकी मन्दिर गई वैवाहिक संस्कार सम्पन्न गर्ने परम्परा छ । 


प्रकाशित : मंसिर २६, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्