कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रामकलेवासँगै रामजानकी विवाह महोत्सव सम्पन्न [फोटोफिचर]

तस्बिर : किरण पाण्डे

काठमाडौँ — रामजानकी विवाह महोत्सवको अन्तिम दिन रामकलेवा मनाईएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाइ जानकी मन्दिर परिसरमा आयोजित भण्डारामा पकवान खुवाएर राम कलेवा मनाइएको छ ।

महोत्सवको अन्तिम दिन रामकलेवामा जानकी मन्दिरमा विशेष भंडारा (भोज) को आयोजना गरिने परम्परा छ । रामकलेवामा विवाहमा वरातीको रुपमा आएका पाहुनाहरुलाई मिस्ठान भोजन गराउने गरिन्छ ।

भोजन पश्चात साधु संतलाई दक्षिणा आदि प्रदान गरी विधिवत बिदा गर्ने परम्परा छ । यस वर्ष मंसिर २१ गते शुक्रबारदेखि सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव बिहीबार रामकलेवा बनाएर समापन भएको छ ।


प्रकाशित : मंसिर २७, २०७५ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्