कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुस्ताबाट यसरी ल्याइँदैछ गैंडा [फोटोफिचर]

रमेशकुमार पौडेल

चितवन — चितवन राष्ट्रिय निकुञ्जको सिमानाभन्दा धेरै पर नवलपरासीको सुस्ता गाउँ पुगेको गैंडा कसरी नियन्त्रणमा आयो, कसरी चितवन ल्याइँदै छ ? नियन्त्रणका लागि खटिएका चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी पुरषोत्तम पाण्डेले केही फोटोहरू आफ्नो फेसबुक पेजमा राखेका छन् ।

पाण्डे यसअघि पनि गैंडा उद्धारका लागि टोलीमा खट्दै आएका व्यक्ति हुन् । ‘सलाम छ सुस्तावासीलाई, सीमाको सुरक्षासँगै वन्यजन्तुको पनि सुरक्षा गरी सफतातापूर्वक उद्धार गर्न अतुलनीय सहयोग गरेकोमा’ उद्धारका फोटोहरूसँगै पाण्डेले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

उखुबारीमा गैंडा नियन्त्रणमा लिएको, डुंगामा राखेर गैंडा तारेको र गैंडा हेर्न भीड लागेको फोटो हेर्दा देखिन्छ ।

दुर्लभ वन्य जन्तु गैंडा आइतबार साँझ पख प्राविधिक टोलीको नियन्त्रणमा आएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा कार्यालयका प्रमुख रामकुमार अर्यालसहितको नेतृत्वमा ४० जनाभन्दा बढी प्राविधिक टोली गैंडा नियन्त्रामा लिन सुस्ता गएको थियो ।

तस्बिरहरुः पुरुषोत्तम पाण्डेको फेसबुक पेजबाट साभार ।

प्रकाशित : पुस १, २०७५ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्