३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ऐतिहासिक बस्ती मास्न लागिएको भन्दै खोकना-बुंगमतीवासी आन्दोलित [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — प्राचीन पुरातात्विक महत्वका बस्ती समाप्त हुने गरी सरकारले विकासका आयोजना अघि बढाएको भन्दै खोकना-बुंगमतीवासी आन्दोलित बनेका छन् । पीडितहरुले बिहीबार काठमाडौं माइतीघरमा ब्यानर, प्लेकार्डसहित प्रदर्शन गरे ।

जनसरोकार समिति खोकना, खोकना-बुंगमतीवासी पीडित जनताको आह्वानमा प्रदर्शन गरिएको हो । उनीहरुले ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरात्तविक सम्पदा खोकना/बुंगमतीमा दूर्तमार्ग, बाहिरी चक्रपथ, वागमती करिडोरजस्ता परियोजना सञ्चालन गरेर तिनको अस्तित्व नै मेट्न खोजिएको आरोप लगाएका छन् । उक्त क्षेत्रमा आयोजनाहरु सञ्चालन गर्दा स्थानीयको सहमति र सहभागीतामा सर्वपक्षीय निर्णय अनुसार वातावरणीय प्रभाव मूल्यांकन, विस्तृत परियोजना निर्माण गरी व्यवस्थित तरिकाले गर्न सरकारसँग माग गरिएको छ ।


प्रकाशित : पुस ५, २०७५ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्