सडक महोत्सवमा वर्षौ अघिको फोटो प्रदर्शनी [फोटोफिचर]

विना थापा

कास्की — पोखराको लेकसाईडमा शुक्रबारदेखि सुरु भएको सडक महोत्सवमा ९९ वर्ष अघिको फोटो प्रदर्शनीका लागि राखिएको छ । वि.सं १९२० सालमा दीर्घमान चित्रकारले खिचेको तस्बिरहरु लेकसाईडस्थित रत्नमन्दिरको पर्खालमा टाँसिएको छ ।

सडक महोत्सवमा पश्चिम क्षेत्रका पर्यटक आउने हुँदा पहिलेको आफ्नो ठाउँबारे जानकारी दिनका लागि दीर्घमान र गणेशमान आर्ट फाउण्डेशनले प्रदर्शनी गरेको हो ।

लेकसाईड स्थित रत्नमन्दिरको भित्ता भरी टाँसिएको तस्बिरले लम्जुङ, गोरखा, तनहुँ कास्की, स्याङ्जा लगायत पश्चिम क्षेत्रका प्राकृतिक, साँस्कृतिक, तथा धार्मिक स्थलमा इतिहासलाई झल्काएको पाइन्छ ।

महोत्सवमा आएका पर्यटकहरु तस्बिर नियाल्नुका साथै क्यामेरामा कैद गरेका थिए । चित्रकारले काठमाडौंदेखि मुक्तिनाथसम्मको पदयात्रामा वर्षौ पहिलेको जनजिवनसँग सम्बन्धित ४५ तस्बिर प्रदर्शनमा राखेका छन् ।

तस्बिरले प्राकृतिक, तथा पुरातात्विक सम्पदाको अध्ययन र संरक्षणमा समेत सघाउँछ । उनले पदयात्रमा खिचेका ३ सयवटा तस्बिरहरु सुरक्षित रहेको फाउण्डेशनले जनाएको छ ।

प्रकाशित : पुस १४, २०७५ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्