कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हेर्नुहोस्, सिन्धुपाल्चोक गुफाडाँडाको जलवायु सम्मेलनका तस्बिरहरु

तस्बिर : अंगद ढकाल

गुफाडाँडा (सिन्धुपाल्चोक) — मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको दोसाँध गुफाडाँडामा जलवायुको घोषणा पत्र सार्वजनिक गर्दै मंगलबार जलवायु सम्मेलन सकिएको छ । सोमबार उदघाट्न भएको सम्मेलन ११ जना वातावरणसम्बन्धी विषेशज्ञका कार्यपत्र र प्रस्तुतिपछि बेलुकी समापन भएको हो ।

‘जलवायु मापन केन्द्र र जलवायु कोष बनाउने कुरालाई नयाँ रुपमा उठाएका छौं,’जिल्ला समन्वय समिति महासंघकी प्रमुख सिता सुन्दासले घोषणा पत्र सुनाउँदै भनिन् । उनले ७५ जिल्लाका जिसस प्रमुख, उपप्रमुख र सदस्यसहित सम्बद्ध मन्त्रालयका अधिकारी, विषय विज्ञबाट सम्मेलनमा आएका सुझावबाट १० बुँदे घोषण पत्र जारी गरेको बताइन् ।

घोषणा पत्रको लागि विज्ञ मदनलाल श्रेष्ठले सिन्धुपाल्चोक पोखरापछि अत्यधिक वर्षा हुने बताउँदै जलवायुको कारणले खडेरी हुन औंल्याए । त्रिचन्द्र कलेजका उपप्राध्यपक नारायण गौतम, जल तथा मौसम विभागका विनोद पराजुलीदेखि त्रिभुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागका मदन सिग्देलले जिससका प्रतिनिधिको जिज्ञास मेटे ।


प्रकाशित : पुस १७, २०७५ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्