उत्तर गयामा भक्तजनको भीड [फोटोफिचर]

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावतीस्थित उत्तर गयामा शनिवार भक्तजनको भीड लागेको छ । त्रिशूली र फलाखु खोलाको संगमस्थल रहेको उक्त क्षेत्रमा बर्सेनि पौषीऔंशीका दिन हजारौँ भक्तजनहरूले दिवङ्गत आमाबुवा तथा आफन्तका नाममा श्राद्ध, दान, तर्पण गर्दछन् । शनिवार पनि बिहानैदेखि भक्तजन नदी किनारमा भरिभराउ थिए ।

प्रकाशित : पुस २१, २०७५ १५:२६

पितृको नाममा हिन्दु धर्मावलम्बीहरूले श्राद्ध, दान, तर्पण गर्ने गर्छन् भने बौद्धमार्गीहरुले मृत्यु भएका आफन्तका नाममा लामाहरूले मन्त्र पढ्ने र बत्ती बाल्ने गर्छन् ।भारतको गया जान नसकेका श्रद्धालुहरू यही ठाउँ आउँछन् । यस स्थानमा परलोक भएका आफ्ना बाबु आमाको नाममा श्राद्ध गरेमा २० पुस्ताअघिका पितृ मोक्ष प्राप्ति गरी स्वर्ग जाने जनविश्वास रहेको स्थानीय मुक्तिनाथ भट्टराई बताए ।

Citizen

स्कन्द पुराणको हिमवत् खण्डमा उल्लेख भएअनुसार उत्तर गया क्षेत्रमा त्रिशूली नदी र देवी गङ्गा नदी बगेकाले त्यस ठाउँलाई बेत्रगंगा भनिन्छ । उत्तरगयामा भारतका विभिन्न प्रान्तदेखि, काठमाडौँ, धादिङ, काभ्रे, चितवन, कास्की, नवलपरासी, मकवानपुर, गोरखा, पर्सालगायत जिल्लाबाट बर्सेनि भक्तजनहरू आउँछन् । आजै नेपालका धार्मिक स्थलहरू पशुपति, गोकर्ण, मातातीर्थ, बराहक्षेत्र र बेत्रावती धाममा भक्तजनहरू भीड लाग्ने गर्छन् ।

प्रतिक्रिया
पठाउनुहोस्

‘सत्य, तथ्य पत्ता लगाउन आयोग गठन’

रासस

पोखरा — उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइड बडी खरीद प्रकरणको सम्बन्धमा सरकारले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको बताएका छन् । 

नेपाल प्रेस संगठन कास्कीद्वारा शनिबार यहाँ आयोजित पत्रकार भेटघाटमा उनले सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले छानबिनको प्रतिवेदन मूलसमितिमा नपठाइ सार्वजनिक गर्नु बदनियत देखिएकाले सत्य तथ्य पता लगाउन सो आयोग गठन गरिएको स्पष्ट पारे ।

उनले आयोगद्वारा तयार पारिएका प्रतिवेदनको आधारमा दोषी देखिएका व्यक्तिमाथि सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउने उल्लेख गरे । रेशम चौधरीको शपथ ग्रहणको सम्बन्धमा उपप्रधानमन्त्री पोखरेलले फौजदारी अभियोग लागेपछि संसद् सदस्यता नरह्ने र काबाही गर्ने तत्कालीन एमालेका सांसदले यसअघिको संसद्को छलफलमा अडान लिएको स्मरण गराए ।

उनले जनताको मतबाट निर्वाचित भएपछि निर्वाचन आयोगले प्रमाणपत्र पाउने देखिएको उल्लेख गर्दै यी सबै विषयलाई ध्यानमा राखेर संसद्मा सपथ ग्रहण गराइएको जानकारी गराए ।

उनले केन्द्र र प्रदेशमा पार्टी एकताको कार्य सम्पन्न भइसकेको र जिल्ला, जनवर्गीय संगठन, प्रवासी संगठन लगायतमा एकताका लागि कार्य भइरहेको जानकारी गराए । पार्टी एकताका लागि गठित कार्य दलले पुस मसान्तसम्ममा प्रतिवेदन सचिवालयमा बुझाएपछि पार्टी एकताको कार्यले गति लिने उल्लेख गरे ।

प्रकाशित : पुस २१, २०७५ १२:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्