१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हिउँ पर्‍यो फुरुरु चन्द्रगिरीमा !  

तस्बिर : कविन अधिकारी

काठमाडौँ — काठमाडौं उपत्यका वरपरका डाँडामा सोमबार बिहान हिउँ परेसँगै ती स्थानहरुमा हिउँ खेल्न जानहरुको भीड लाग्न थालेको छ । काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरी, भक्तपुरको नगरकोट, मकवानपुरको दामन, दोलखाको कालिन्चोकलगायतका स्थानमा पनि सोमबार बिहान हिमपात भएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले पश्चिम वायुको प्रभावका कारण देशैभर वर्षा र उच्च पहाडी तथा हिमाली भागमा हिमपात भइरहेको जानकारी दिइन् । वर्षा र हिमपातसँगै जनजीवन प्रभावित बनेको छ । पश्चिमको डडेलधुरा र दिपायल हुँदै आइतबार प्रवेश भएको पश्चिम वायुका कारण पश्चिम क्षेत्रका उच्च हिमाली भागमा आइतबार दिउँसोदेखि नै भारी हिमपात भएको थियो । 

प्रकाशित : पुस २३, २०७५ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्