रानीपोखरीमा फुटबल !

कान्तिपुर संवाददाता

काठमाडौँ — रानीपोखरी पुनर्निर्माणमा भइरहेको ढिलाईको संकेतिक विरोध गर्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरुले रानीपोखरी भित्र फुटबल खेलेका छन् । महाभूकम्पका कारण भत्किएको यतिका वर्ष बितिसकेपनि पुनर्निर्माणको प्राथमिकतामा नपरेको भन्दै नेविसंघले विरोध जनाएको हो ।

प्रकाशित : पुस २४, २०७५ १३:०२

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सरकारलाई बाटो देखाउनेहरू

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्रीज्यू सबैलाई ठग, जाली, तेलचोर, वाइडबडी भन्ने कुरा खोज पत्रकारिताको निष्कर्ष हो । त्यस्ता कुरा अझ भेट्दै जालान् इमानदार पत्रकारहरूले । यिनीहरूले त सरकारलाई बाटो देखाइदिएका हुन् । 

यिनीहरूका हातमा केही छैन, कारबाही गर्ने अधिकार । प्रतिपक्षी पनि त्यति आक्रामकथिएन, त्यतिबेला जतिबेला केही गर्न सकिन्थ्यो । निर्मलाको निर्मम अन्त्य, सुनकाण्ड, उत्पादकत्वबिनाको जमिनको चर्को कर, फुसको र कोही नबस्ने घरको चर्को कर अनि इन्जिनियरिङसहितको कर, पहिलोपटक झुक्किएर जितेकाहरूले खेतीयोग्य र वर्षौं पुरानो बाली फाँड्दै बाटो बनाउन दम्भ देखाउँदा रुस्ट बनेका मजस्ता किसान अनि निराश बनी आत्तिएका र विकल्प खोजिरहेका जनता नै चोक–चोकमा कुरा काटिरहेछन्, सरकारको किन...? त्यही विपक्षीकै प्रवक्ता विश्वप्रकाश शर्माले त विशेष पत्रकार सम्मेलन नै गरेर राजधानीको एक भेलाले गलत हँुदै छ भनेकै थिए । हजुरले मान्नुभएन । अहिलेसंसद्लाई अरिंगाल बन नभने पनि तिमीहरूलाई भनेको बुझेनौ...? भन्नुमा के दम रहन्छ र ?
– सुरेश खतिवडा, झापा

प्रकाशित : पुस २४, २०७५ ११:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT