कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पृथ्वीनारायणलाई राष्ट्रपतिको पुष्प गुच्छा

कान्तिपुर संवाददाता

काठमाडौँ — २९७ औँ पृथ्वीजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको सालिकमा पुष्प गुच्छा चढाएकी छिन् ।

सिंहदरबारको पश्चिम ढोकास्थित पृथ्जीनारायणको सालिकमा राष्ट्रपति भण्डारीले शुक्रवार बिहान पुष्प गुच्छा अर्पण गरेकी हुन् ।

यही अवसरमा राष्ट्रपतिले एक सन्देश दिँदै 'पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकको रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत पुर्‍याएको हो' भनेकी छिन् ।

प्रकाशित : पुस २७, २०७५ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्