कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पोखरा महोत्सवमा जे देखियो [फोटोफिचर]

लालप्रसाद शर्मा

पोखरा — वार्षिक क्यालेन्डर नै बनाएर अमरसिंह चौरमा आयोजना हुँदै आएको पोखरा महोत्सवको नवौ संस्करण शुक्रबार सुरु भएको छ । महोत्सवमा स्थानीय युनाइटेड क्लब पोखराले गर्दै आएको छ । माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवस्थलमा २ सय ५० स्टल छन् ।

महोत्सवबाट हुने आम्दानीमध्ये पर्यटन प्रवर्द्धनअन्तर्गत चिडियाखाना सञ्चालन, शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रमा सहयोग र सेती नदी संरक्षणलगायत काममा प्रयोग गर्दै आएको क्लबले बताएको छ । यही कारण पनि महोत्सव उद्घाटनमा ३ सय बढी आमा समूह, टोल विकास संस्थालगायत विभिन्न संघसंस्था, जातजातिले आफ्नो भेषभुषा र संस्कृतिसहित सहभागिता जनाए ।

प्रकाशित : पुस २७, २०७५ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्