कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मूर्ति बेचेर करोडपति

शाहीमान राई

जनकपुर — यतिबेला जनकपुरमा मूर्तिकारहरुलाई भ्याइनभ्याइ छ । सबभन्दा बढी मूर्ति बनाएर बिक्री गर्ने र पैसा कमाउने उनीहरुको धोको छ । तराई मधेसमा मूर्ति बनाउने पेशा फस्टाउँदो छ । अध्यात्मिक विश्वास र परम्परा अनुसार पूजा आरधना गर्नेहरुको संख्या निकै छ । यहाँका मठमन्दिर, विद्यालय, क्लव तथा विभिन्न धार्मिक, सांस्कृतिक समुदाय मूर्ति पूजा गर्दै आएका छन् । बर्सेनि पूजाआजामा प्रयोग हुने माटोको मूर्ति बनाउने पेशा आयआर्जनको माध्यम नै बनेको छ ।

धनुषामा मूर्ति बेचेर सम्पति आर्जन गर्ने परिवार मध्येका एक जना हुन् ४२ वर्षीय उत्तिमलाल पण्डित । पण्डितको परिवार नै वर्षौंदेखि मूर्ति बनाउने पेशा गर्दै आएका छन् । मूर्ति बनाएर बिक्री गरेर एक करोड १५ लाख रुपैयाँ बराबरको सम्पति आर्जन गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–२० देउपूरा रुपैठाका उत्तिमलाल पण्डित प्रविणता प्रमाणपत्र तह (आइए) उत्तीर्ण गरेपछि जागिरको खोजीमा निकै भौतारिए । तर कतै भरपर्दो नोकरी नपाएपछि उनको पीताजी (मूर्तिकार)ले बाल्यकालदेखि गर्दै आएको मूर्ति बनाउने पेशालाई व्यावसायिक रुपमा निरन्तरता दिने निधो गरे । उनले जनकपुर उपमहानगरपालिका–४ स्थित प्रजापति मन्दिर छेउमा जग्गा भाडामा लिएर व्यावसायिक रुपमा मूर्ति बनाउन थाले । छेउको सटरमा मूर्ति बनाउन प्रयोग हुने रङ, पेन्टका सामाग्री लगायत साजसज्जाका कच्चा पदार्थ बिक्री गर्ने पसल पनि खोले ।

बाल्यकालदेखि नै बाबुसागै काम गर्दा मूर्ति बनाउन सिकेका उतिमलालले बाबु र भाइको पनि साथ पाएका छन् ।

प्रकाशित : पुस ३०, २०७५ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्