घले समाजको ल्होसार [फोटोफिचर]

हरिहरसिंह राठौर

धादिङ — घलेहरुको सांस्कृतिक पर्व ल्होसार कार्यक्रम मनाउन देश विदेशका घलेहरु मंगलबार धादिडबेंसीमा जम्मा भएका छन् ।

आफ्नै जातीय र सांस्कृतिक पहिचानलाई राज्यले कदर नगरेको र आदिवासी समावेसी सूचीमा नराखेकोमा आपत्ति जनाउदै आएका देशरभरका घले समुदायले कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

लि:ल फङ (घले समाज)का अध्यक्ष दिनेश घलेले देशका घलेहरुको आफ्नै जातीय भूगोल, भाषा, संस्कृति हुँदा हुँदै पनि राज्यले आदिवासी समावेसी सूचीमा नराखेर अन्य आदिवासीका थर लेख्न बाध्य भएका नेपाली घलेहरुले अन्य आदिवासी सरह समावेसी अधिकार पाउनुपर्ने माग राखेका थिए ।

नेकपाका अध्यक्ष दाहालले समावेसी संविधानले अझै पूर्णता नपाएकाले जनताको माग र समय सापेक्ष संविधान परिमार्जन र संशोधन हुँदै जाने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने,‘अहिले मैले मात्रै भनेर सबै कुरा लागू हुने अवस्था छैन तर जातीय र सांस्कृतिक पहिचानका मुद्दा उठाई रहन भने सल्लाह दिन सक्छु । ’ कार्यक्रममा देश र विदेशमा बस्ने १० हजार घलेहरु धादिङबेसी आएको आयोजकले जनाएको छ ।

लि:ल फङ यूएई अध्यक्ष नरबहादुर घलेका अनुसार यस वर्ष लि:ल (घले) जातिको ऐतिहासिक पर्व ल्होसर २०७५ खि ल्हो (कुकुर वर्ग) को बिदाई र फाह् ल्हो (मृग वर्ग) को आगमन भएको छ ।

लि:ल (घले) जातिको जातिय एकतालाई नै बिशेष जोड दिईने छ।भने लि:ल (घले) जातिको जातिय चिनारी तथा पहिचान झल्काउने बिभिद नृत्य तथा गित संङ्गितहरु ल्होसरको आकर्षण भएको बताईएको छ ।


प्रकाशित : माघ १, २०७५ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्