१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

माघी उल्लास [फोटोफिचर]

मनोज पौडेल

कपिलवस्तु — लोप हुँदै गएको थारू संस्कृति र कला जोगाउन यहाँ थारु महोत्सव गरिएको छ । थारू कल्याणकारणीसभाले संयोजन गरेर जिल्लास्तरीय ३ दिने महोत्सव शिवराज नगरपालिका चन्द्रौटामा आयोजना गरेको हो । माघ २ गते बुधबारबाट सुरु भएको महोत्सव ४ गतेसम्म सञ्चालन हुनेछ ।

माघ १ लाई थारू समुदायले नयाँ वर्षको रूपमा मनाउँदै आएका छन् । त्यसैले नयाँ वर्षको उमंग र उत्साहमा रमाउँदै जातीय परम्परा, कला र संस्कृतिको जगेर्ना गर्न महोत्सवमा रूपान्तरण गरिएको थारू कल्याणकारी सभा अध्यक्ष उमाशंकर चौधरीले बताए । महोत्सव थारू कला, संस्कृति र परिकारका ५० स्टल राखिएका छन् । चन्द्रौटा बजारबाट नाचगान गर्दै थारु पोसाक, परम्परामा झाँकी निकालिएको थियो ।

प्रकाशित : माघ २, २०७५ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्