३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सुक्खा बन्दरगाहकाे विराेधमा चोभारमा प्रदर्शन

तस्बिर : इलिट जोशी

काठमाडौँ — कीर्तिपुर नगरपालिका चोभारमा बन्न लागेकाे सुक्खा बन्दरगाहको विराेधमा स्थानीयले प्रदर्शन गरेका छन् । बिहीबार स्थानीयले सरकार र बन्दरगाह शिलन्यास गर्न गएका प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनमा सहभागी केहीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । उपत्यकामा मालसामान ढुवानी सहज बनाउने उद्देश्यले सुक्खा बन्दरगाह निर्माणको अवधारणा ल्याइएको हो । स्थानीयले प्राकृतिक सौन्दर्य बिगार्नुका साथै धार्मिक क्रियाकलापमा प्रभाव पर्ने भन्दै चोभारमा सुक्खा बन्दरगाह निर्माण गर्न नहुने माग गर्दै आएका छन् ।

प्रकाशित : माघ ३, २०७५ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्