कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तेम्बाथानको जात्रा

शब्द/तस्बिर : विमल खतिवडा, अनिश तिवारी

काठमाडौँ — सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित तेम्बाथान पुग्न सदरमुकाम चौताराबाट दुई दिन लाग्छ । क्याङसिङसम्म जिप/ट्रक चढेर एक दिनमा पुगिन्छ । त्यहाँबाट थप एक दिनको पैदल यात्रा छिचोलेपछि गाउँ पुगिन्छ ।

गाउँमा शेर्पा समुदायको बसोबास बाक्लो छ । १ सय ६० घरधुरी मध्य ५ घर मात्र तामाङको छ । त्यसोत त यो गाउँमा प्रत्येक माघ १ गते जात्रा लाग्छ ।

रातभर झाँक्री जप/ध्यान गरेर बस्छन् । बिहान नजिकैको देवीथानमा पूजा गर्छन् । पूजामा आउनेलाई प्रसाद बाँड्छन् । जात्रा हेर्न आउनेको भिड लाग्छ । बालबालिकादेखि वृद्धवृद्धासम्म जम्मा हुन्छन् ।

आफ्नै पोसाकमा ठाँटिएर देवीथानमा गोलाकार भई स्याप्रु नाच नाच्न व्यस्त हुन्छन् । जुगल हिमाल नेपेमासल तेम्बाथान ग्रामीण विकास समाजका सदस्य एवं सल्लाहकार साइँला शेर्पाका अनुसार पुर्खादेखि जात्रा देखाउने चलन रही आएको छ । जात्राको अघिल्लो दिन काठमाडौँ लगायत रोजगारीको सिलसिलामा विभिन्न जिल्ला पुगेकाहरू समेत जम्मा हुन्छन् ।

प्रत्येक घरले पालो गरेर जात्रा गर्ने चलन छ । जात्राको अघिल्लो दिन जसको पालो हो, उसले घरमा झाँक्री राख्ने व्यवस्था गर्नु पर्छ । घण्ट झुण्ड्याएका झाँक्री रातभर जागै बसेर ढ्याङग्रो बजाउँदै मन्त्र पढेर रात कटाउँछन् ।

जसको घरमा झाँक्री बसेका हुन्छन्, उसले जम्मा भएर नाचगान गर्ने पाहुना, छरछिमेकलाई चिया, छ्याङको व्यवस्था गर्नुपर्छ । लागेको खर्च सबै गाउँलेले जम्मा गरेर दिन्छन् ।

प्रकाशित : माघ ५, २०७५ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्