१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कांग्रेस सांसद र मर्यादापालकबीच संसद्‌मा ठेलमठेल [फोटोफिचर]

कान्तिपुर संवाददाता

काठमाडौँ — आफ्ना नेताहरुको नाममा रहेका अस्पतातलाई केन्द्र सरकारको मातहत ल्याउन माग गर्दै कांग्रेसले सदनमा अवरोध कायम राखेको छ । अरुले बेला आ-आफ्ना स्थानबाट उठेर विरोध गरे पनि मंगलबार भने कांग्रेस सांसद वेल घेराउमा पुगे । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले अवरोधका बीच बैठक सञ्चालन गर्ने छनक पाएपछि उनीहरुले वेल घेराउमा पुगेका थिए । विपक्षी सांसदहरु नाराबाजी अगाडि बढ्दा केहीबेर मर्यादापालकसँग ठेलमठेल भए ।

उनीहरुको अवरोध जारी रहेपछि सभामुखले बैठक चलाउन सकेनन् । र, १५ मिनेट स्थगितको घोषणा गरे । कांग्रेसले आफ्ना नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताललाई संघीय सरकार मातहत ल्याउन माग गर्दै सोमबार पनि संसद् अवरुद्ध पारेको थियो । केपी ओली नेतृत्वको सरकारले कांग्रेस नेता भएकै कारण दुई अस्पताललाई केन्द्र सरकारबाहिर राख्ने विभेद निर्णय गरेको उनीहरुको आरोप छ ।

तस्बिर : इलिट जोशी/कान्तिपुर


प्रकाशित : माघ ८, २०७५ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्