२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

सरकार विरुद्ध नेविसंघको प्रदर्शन [फोटोफिचर]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी निर्मला पन्तलाई न्याय र प्रा डा गोविन्द केसीका मागहरु पुरा गर्न भन्दै नेपाल विद्यार्थी संघले सरकार विरुद्ध प्रर्दशन गरेको छ । माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्म नेविसंघले बुधबार र्‍याली निकाल्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

नेविसंघका महासचिव कुन्दनराज काफ्लेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको महिनौँ बितिसक्दा समेत हत्यारा पक्राउ नहुनु र जनतामुखी चिकित्सा शिक्षा विधेयक सरकारले नल्याउन खाेजेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको बताए ।

उनले सरकारले प्राध्यापक डाक्टर गोविन्द केसीका मागहरु तत्कालन सम्बोधन गर्नुपर्ने बताए । सरकारले अधिनायकवादी चरित्र देखाएको, बलात्कार, हत्या, हिंसा जस्ता घटनाहरु दिनहूँजसो हुन थालेको नेविसंघले जनाएको छ । नेविसंघले कांग्रेस नेताहरुको नाममा स्थापना गरिएका अस्पतालहरु केन्द्र सरकारको मातहतमा राख्नुपर्ने माग समेत गरेको छ ।

सरकारले आफ्नो रवैया नसच्चयाए संघर्षका कडा कार्यक्रमहरु अगाडि बढाउने नेविसंघका नेता विकास भण्डारीले चेतावनी दिए । प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रकाशित : माघ ९, २०७५ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्