बाग्मती सफाइ ३ सयौँ हप्तामा [फोटोफिचर]

शब्द/तस्बिर : सुरविन्द्रकुमार पुन

काठमाडौँ — बाग्मती सफाइ अभियानको ३ सयौँ हप्ता पुगेको दिन शनिवार काठमाडौँको शंखमूलमा विशेष कार्यक्रमका साथ मनाइयो । ‘स्वच्छता मेरो पहिचान, सफाइ मेरो योगदान’ मूल नाराका साथ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : माघ २६, २०७५ १४:५५

समारोहस्थल शंखमूलमा उत्तरतर्फ मीनभवन र दक्षिणतर्फ बुद्धनगर (यूएन पार्क) बाट बाग्मती सफाइ अभियन्ताहरू र सयौँका स्वयंसेवक र्‍याली सहित सहभागी भएका थिए ।

पूर्व निर्धारित कार्यक्रमअनुसार मुख्य अतिथि प्रधानमन्त्री केपी शर्मा ओली चिसो मौसमका कारण आउन नसक्ने जनाएपछि उनको स्थानमा परराष्ट्रमन्त्री ज्ञवाली उपस्थित भएका थिए ।

Citizen

आयोजक निकाय सहरी विकास मन्त्रालय रहेकाले समारोहको अध्यक्षता मन्त्री मोहम्मद इश्तियाक राईले गरेका थिए भने विशिष्ट अतिथिहरूमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, खानेपानी तथा सरसफाइ मन्त्री बीना मगर, राष्ट्रिय सभा सदस्य कोमल ओली, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत थिए ।

बिहानै देखिको दर्के झरीका कारण समारोहस्थल प्रभावित बनेको थियो । शंखमूलमा कार्यालय रहेको ‘आर्ट अफ लिभिङ सेन्टर’ द्वारा बाग्मती र मनोहरा दोभानमा निर्मित पार्कमा पाल टाँगेर कार्यक्रम सञ्चालन गर्नु परेको थियो ।

खचाखच सहभागीका बिचमा निर्धारित समयभित्रै कार्यक्रम विसर्जन गरिएको थियो । बाग्मती सफाइलाई निरन्तरता दिन र्‍यालीमा सहभागी हुन आएका सयौँ स्वयंसेवी र स्थानीयले डुङ्गा सयर गरी रमाइलो समेत गरेका थिए ।

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

काठमाडौं वरपरका डाँडामा बाक्लो हिमपात (तस्बिरहरु)

अब्दुल्लाह मियाँ, तस्बिर : कविन अधिकारी, तस्बिर : अंगद ढकाल

काठमाडौँ — शनिवार काठमाडौं वरपरका डाँडाहरुमा पनि हिउँ परेको छ । धेरै वर्षपछि शिवपुरी–नागार्जुन निकुञ्जसहित ललितपुरको फुलचोकी, भक्तपुरको नगरकोट र चन्द्रागिरीमा हिउँ परेको हो ।शनिवार विहानै नागार्जुन निकुञ्ज नजिकको भीमढुंगा र रामकोट तथा शिवपुरीका डाँडागाउँलगायतका स्थानमा हिउँ परेको छ ।

काठमाडौंसहित मकवानपुरको दामन, टिस्टुङ, दोलखाको चरिकोट, कालिन्चोकलगायतका स्थानमा पनि बाक्लो हिउँ परेको छ।
पश्चिमी वायु प्रणाली र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुका कारण बुधवारदेखि नै देशभर वर्षा र हिमपात भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले यो पटकको मौसमी प्रणाली बलियो (स्ट्रङ) भएका कारण एकै पटक धेरैभरी वर्षा र हिमपात भएको बताए।

बुधवार यता हिमाली अधिकांश जिल्लामा अघिल्ला वर्षभन्दा बाक्लो हिमपात भएको छ। विगतमा हिउँ नपर्ने कतिपय स्थानमा पनि यो वर्षको हिउँदमा हिमपात भएको महाशाखाले उल्लेख गरेको छ।

भूमध्येसागर हुँदै बलियो पश्चिम न्युनचापीय प्रणाली नेपाल भित्रिएपछि हिमाली क्षेत्रमा यो पटक विगतमा भन्दा बाक्लो हिमपात भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् सुवास रिमालले यो पटकको न्युनचापीय प्रणाली विगतका हिउँदको भन्दा बलियो (स्ट्रङ) भएपछि बाक्लो हिमपात भएको बताए।

भूमध्येसागरबाट सिरिया, इरान, अफगानिस्तान, पाकिस्तान र उत्तर पश्चिमी भारत (उत्तराखण्ड) हुँदै न्युनचापीय प्रणाली सोमवार नेपाल भित्रिएको हो।
‘हिउँदयाममा आउने प्रणाली उच्च वायुमण्डलबाट आउँछ’ रिमालले कान्तिपुरसित भने, ‘विगतमा कमजोरखालको प्रणाली भित्रिन्थ्यो, यो पटक बलियो आयो त्यही भएर हिमालदेखि तराईसम्मै असर देखिएको छ।’
चन्द्रागिरीमा परेको हिउँ। तस्बिरः अभिशेक विक्रम शाहको फेसबुकबाट साभार

उनका अनुसार हिउँदयाममा पश्चिम न्यूनचापीय प्रणाली विगतमा साधारणतया फिबल (शक्ति कम भएको प्रणाली) हुने गर्दथ्यो। ‘यो पटकको प्रणाली शक्तिशाली भएकाले एकै पटक देशैभर फैलिएको छ’ रिमालले भने, ‘पश्चिमी भारतका जम्मुकश्मिर र उत्तराखण्डका विभिन्न स्थानमा पनि बाक्लो हिमपात भएको छ, त्यहाँ पनि हिमपातबाट बच्न अलर्ट गराइएको छ।’

पश्चिमका विभिन्न स्थानमा कम उचाईँका स्थानमा पनि यो पटक बाक्लो हिमपात भएको छ। उच्च र हिमाली भागमा दुई फिटसम्म हिमपात भएको छ। न्यूनचापीय प्रणाली भित्रिएसँगै देशैभर बदली भएको छ। केही स्थानमा वर्षासमेत भएको महाशाखाले उल्लेख गरेको छ।

चन्द्रागिरीमा परेको हिउँ। तस्बिरः अभिशेक विक्रम शाहको फेसबुक

पूर्वको तुलनामा पश्चिमी भुभागमा पुर्ण बदली भएको छ। काठमाडौंमा पनि मंगलबार विहानैदेखि बदली भएको छ। पूर्वी क्षेत्रका हिमाली भेगमा भने थोरै स्थानमा मात्र हिमपात भएको छ। बुधवार पनि दिउँसो देशैभर मौसममा बदलि हुने महाशाखाले प्रक्षेपण गरेको छ। ‘पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना छ’ महाशाखाले बुलेटिनमा भनेको छ, ‘हिमालि भेगका केहि स्थानहरुमा हल्कादेखि मध्यमखालको हिमपातको पनि संभावना देखिन्छ।’

पूर्वी भागमा भने बुधवारदेखि नै सुधार आउनेछ। पश्चिमी क्षेत्रमा भने बिहीवार फेरी अर्को प्रणाली भित्रिने देखिएको छ। ‘न्युनचापीय प्रणाली फेरी भित्रिने भएकाले पश्चिममा बदली कायम हुनेछ’ रिमालले भने।

प्रकाशित : माघ २६, २०७५ १४:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT