कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बाग्मती सफाइ ३ सयौँ हप्तामा [फोटोफिचर]

शब्द/तस्बिर : सुरविन्द्रकुमार पुन

काठमाडौँ — बाग्मती सफाइ अभियानको ३ सयौँ हप्ता पुगेको दिन शनिवार काठमाडौँको शंखमूलमा विशेष कार्यक्रमका साथ मनाइयो । ‘स्वच्छता मेरो पहिचान, सफाइ मेरो योगदान’ मूल नाराका साथ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

समारोहस्थल शंखमूलमा उत्तरतर्फ मीनभवन र दक्षिणतर्फ बुद्धनगर (यूएन पार्क) बाट बाग्मती सफाइ अभियन्ताहरू र सयौँका स्वयंसेवक र्‍याली सहित सहभागी भएका थिए ।

पूर्व निर्धारित कार्यक्रमअनुसार मुख्य अतिथि प्रधानमन्त्री केपी शर्मा ओली चिसो मौसमका कारण आउन नसक्ने जनाएपछि उनको स्थानमा परराष्ट्रमन्त्री ज्ञवाली उपस्थित भएका थिए ।

आयोजक निकाय सहरी विकास मन्त्रालय रहेकाले समारोहको अध्यक्षता मन्त्री मोहम्मद इश्तियाक राईले गरेका थिए भने विशिष्ट अतिथिहरूमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, खानेपानी तथा सरसफाइ मन्त्री बीना मगर, राष्ट्रिय सभा सदस्य कोमल ओली, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत थिए ।

बिहानै देखिको दर्के झरीका कारण समारोहस्थल प्रभावित बनेको थियो । शंखमूलमा कार्यालय रहेको ‘आर्ट अफ लिभिङ सेन्टर’ द्वारा बाग्मती र मनोहरा दोभानमा निर्मित पार्कमा पाल टाँगेर कार्यक्रम सञ्चालन गर्नु परेको थियो ।

खचाखच सहभागीका बिचमा निर्धारित समयभित्रै कार्यक्रम विसर्जन गरिएको थियो । बाग्मती सफाइलाई निरन्तरता दिन र्‍यालीमा सहभागी हुन आएका सयौँ स्वयंसेवी र स्थानीयले डुङ्गा सयर गरी रमाइलो समेत गरेका थिए ।


प्रकाशित : माघ २६, २०७५ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्