१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

राष्ट्रपतिबाट वसन्त श्रवण

तस्बिर : इलिट जोशी

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा आज बिहान वसन्त श्रवण गरी टीका प्रसाद ग्रहण गरेकी छिन् । उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री प्रधानमन्त्री केपी ओली लगायतले पनि वसन्त श्रवण गरी टीका, माला र प्रसाद ग्रहण गरेका छन् । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ठ व्यक्ति त्यहाँ पुगी वसन्त श्रवण गर्ने परम्परा रहिआएको छ ।


प्रकाशित : माघ २७, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्