कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रुकुममा किन निस्कियो एक्कासी नागरिक र्‍याली ? [फोटोफिचर]

हरि गौतम

रुकुम पश्चिम — जिल्ला सदरमुकामको मुसीकोट नगरपालिका–१, खलंगा बजारमा आइतबार दिउँसो १२ बजे एक्कासी एउटा र्‍याली निस्कियो । बिना कुनै पूर्वतयारी र्‍याली स्वत:स्फूर्त निकालिएको थियो । मदिरा, महिला हिंसा, बालविवाह, जुवातास एवं लागूऔषध विरुद्धमा आममहिला, दलित, युवा तथा विद्यार्थीले एकसाथ र्‍याली निकाले ।

समाजमा विकृति विसंगति, हत्या,हिंसाजस्ता घटना बढ्दो क्रममा रहेकाले त्यसको न्युनिकरणमा दवाव दिन भन्दै नागरिक तहबाट र्‍याली आयोजना गरिएको थियो ।

समाज विकृत बन्दै जानुको मुख्य कारण मदिरा, बालविवाह, जुतावास तथा लागूऔषधलगायत भएको निस्कर्ष निकाल्दै सम्बन्धित पक्षलाई त्यसको न्युनिकरणमा दबाब पुगोस् भनेर र्‍याली निकालिएको महिला अधिकारकर्मी जोखिमाया कठायतले बताइन् । र्‍यालीमा महिला, बालबालिका, दलित, युवा, नागरिक समाजका अगुवा सहभागी थिए ।

र्‍यालीले खलंगा बजार परिक्रमा गरेर बाल मन्दिरको कोण सभामा परिणत भएको थियो । सभामा बोल्नेहरुले तत्कालै समाजका विकृत बनाउने पदार्थ तथा चलनको अन्त्य नगरे जिल्लाले ठूलो क्षति व्यहोर्नु पर्ने चेतावनी दिएका छन् ।

प्रकाशित : फाल्गुन ५, २०७५ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्