२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

धुन्चेमा बाक्लो हिमपात [फोटोफिचर]

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — बिहीबार बिहानैदेखि सदरमुकाम धुन्चे लगायत जिल्लाको उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ  । यसवर्ष सदरमुकाम धुन्चेसम्मै बाक्लो हिमपात भएको यो दोस्रो पटक हो । बाक्लो हिमपात भएपछि सदरमुकाम धुन्चेका स्थानीयहरू हिउँ खेलेर रमाउनेको भीड लागेको थियो ।

धुन्चेका स्थानीय मात्र होइन कर्मचारी, यस क्षेत्रमा घुम्न आएका पर्यटक पनि हिउँ खेल्नमा मस्त थिए । हिउँसँग खेल्ल पाउँदा बालबालिका धेरै खुसी देखिएका थिए । हिउँमा सेल्फि खिच्ने, फोटो खिचेर रमाइलो गर्ने धेरै थिए । हिमपात र वर्षाको कारण जिल्लाको उत्तरी क्षेत्रमा धेरै जाडो बढेको छ ।

हिमपातका कारण चिसो बढेपछि उत्तरी भेगको जनजीवन प्रभावित भएको छ । जिल्लाको लाङटाङ, क्याङजीन, गोसाइकुण्ड, धुन्चेको लेक, ठुलोस्याफ्रू, ब्राबल, थुमन, गतलाङ, ठुलो हाकु, ग्रे, बृद्धिम, यार्सा लेक, चोलाङपाटी, लौरीबिना, नगथलि, चन्दनबारी लगायतका विभिन्न ठाउँमा बाक्लो हिमपात भएको छ । हिमपातपछि कृषकहरू भने धेरै खुसी भएका छन् । हिउँ परेको वर्ष अन्न धेरै फल्ने कृषकहरू बताउँछन् ।


प्रकाशित : फाल्गुन १६, २०७५ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्