हेलिकप्टर दुर्घटनाका मृतकलाई श्रद्धाञ्जली (तस्बिरहरु)
काठमाडौँ — ताप्लेजुङमा बुधबार भएकाे हेलिकप्टर दुर्घटनामा निधन भएका सबैजनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएकाे छ । दुर्घटनामा निधन भएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितका मृतकलाई राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरु लगायतले टुँडिखेल पुगेर श्रद्धाञ्जली दिएका छन् ।