१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

पशुपतिमा महाशिवरात्रि (तस्बिरहरु)

तस्बिर : इलिट जोशी

काठमाडौँ — महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । दर्शनका लागि बिहान ३ बजेबाट मन्दिरका चारवटै ढोका खुला गरिएकाे थियाे । पशुपति क्षेत्र विकास कोषले विभिन्न ३ स्थानबाट पशुपति दर्शन गर्न मिल्ने गरी लाइन व्यवस्थापन गरेको छ । यस पटक चार हजारभन्दा बढी साधुसन्त पशुपतिनाथ दर्शनका लागि आएको कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी दिए । विगत वर्षभन्दा यस वर्ष भक्तजनको उल्लेख्य उपस्थिति रहने उनले बताए ।

प्रकाशित : फाल्गुन २०, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्