१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गोदावरीको ज्ञान उद्यान [फोटोफिचर]

गोविन्द पोखरेल

काठमाडौँ — राष्ट्रिय वनस्पति उद्यान गोदावरी परिसरमा इसिमोडले स्थापना गरेको ज्ञान उद्यान (नलेज पार्क) विद्यार्थीका लागि प्रयोगात्मक अभ्यासका लागि उपयुक्त गन्तव्य बन्दै गएको छ । वातावरण, वन, कृषि,वनस्पति, भूगर्भ विज्ञान अध्ययन गर्ने विद्यार्थीहरूका लागि यो पार्क उत्कृष्टस्थल बन्दै गइरहेको छ ।

विद्यार्थीहरु यहाँ दिनहूँजसो अध्ययनका लागि आउने गरेका छन् । पार्कमा विद्यार्थीहरूलाई जमिनको भौगर्भिक अवस्था, कृषि क्षेत्रमा गरिएको नौलो प्रयोग र उपयोगिता, किबि खेती, सुनाखरीको अध्ययन, बाढीको पूर्व सूचना प्रणाली, आदिवासीय ज्ञान र सीप, विज्ञानमा आदिवासीय ज्ञान र सीपको प्रयोग, वैकल्पिक तथा नवीकरणीय ऊर्जा, सिँचाई, कार्बन सञ्चितीकरणको जानकारीहरू नलेज पार्कले दिँदै आएको छ ।

३० हेक्टर क्षेत्रफलमा फैलिएको यो पार्कमा विभिन्न प्रजातिका वनस्पति, औषधीय गुण भएका बिरुवाहरू, पानीको मुहान र तीनको संरक्षणसँगै जनचेतना समेत फैलाउँदै आइरहेको छ ।

३० हेक्टर क्षेत्रफलमा फैलिएको यो पार्कमा विभिन्न प्रजातिका वनस्पति, औषधीय गुण भएका बिरुवाहरू, पानीको मुहान र तीनको संरक्षणसँगै जनचेतना समेत फैलाउँदै आइरहेको छ ।

प्रकाशित : फाल्गुन २२, २०७५ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्