कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुपाल्चोकको लामाचौर डाँडामा प्याराग्लाइडिङ [फोटोफिचर]

पोखराभन्दा उत्तम
अनिश तिवारी

लामाचौर (सिन्धुपाल्चोक) — चौतारा साँगाचोकगढी नगरपालिका- ९ कदमबासस्थित लामाचौरगाउँको डाँडाबाट 'प्याराग्लाइडिङ' परीक्षण गरिएको छ । चौतारा साँगाचोकगढी नगर र लामाचौर 'प्याराग्लाइडिङ तथा हृयांग्लाइडिङ' संघको आयोजनामा करिब एक हजार ३ सय फिटको उचाइमा रहेको फराकिलो डाँडाबाट 'प्याराग्लाइडिङ' गरिएको हो । राजधानीबाट आएका अब्बल ३ देखि ५ जना टेण्डम (यात्रुसहित)का ग्लाइडरले चार पटक सुरक्षित रुपमा लामाचौर डाँडामा 'प्याराग्लाइडिङ' गरे ।

सुनकोसी र इन्द्रावती नदीमा र्‍याफ्टिङ देखि बन्जीमा आएका 'प्याराग्लाइडिङ'मा आकर्षित गर्ने लक्ष्य राखिएको छ । नाम कमाएको पोखराबाट यहाँ पर्यटकीय आकर्षणको केन्द्रबिन्दु बनाउन प्रेरणा लिएर युवाद्वारा चौतारा लामाचौर प्याराग्लाइडिङ संगठन बनाएको अभियन्ता पाख्रिनले प्रस्ट्याए ।

नगरको 'मास्टर प्लान'प्याराग्लाइडिङ गरेर कदमबास क्षेत्रको विकास गर्न 'मास्टर प्लान'मा बनाइएको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले बताए । 'आवश्यक पूर्वाधार निर्माणमा जुटिरहेका छौं, ' तामाङले भने । सेफ प्याराग्लाइडिङको सुरक्षित अवतरणको लागि स्थलगत अनुगमन र आवश्यक पूर्वाधार निर्माणमा नगरपालिकाले पूर्ण रुपमा जुट्ने उनले दाबी गरे । यहाँबाट सुन्दरतम् सुनकोसी नदीदेखि कालिञ्चोक, गौरीशंकर, जुगल हिमश्रृंखला नियाल्न सकिने छ ।

प्रकाशित : फाल्गुन २५, २०७५ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्