फौजी हुने रहर [फोटोफिचर]

भीम घिमिरे

पोखरा — भारतीय सेनामा वर्षेनी हुँदै आएको गोर्खा भर्ती मंगलवार पोखरामा सुरू भएको छ । पाँच दिनसम्म चल्ने भर्तीमा भारतीय सेनाका लागि नेपाली युवा छनोट गरिने छन् । भर्ती हुने रहर बोकेर यतिबेला विभिन्न जिल्लाबाट पोखरा आएका युवाहरूको घुइँचो छ ।

प्रकाशित : फाल्गुन २८, २०७५ १७:०६

मंगलबार पहिलो दिनको छनोट परीक्षा दिन कास्की र स्याङ्जाको पालो छ । यसका लागि १६ सय युवा सहभागी छन् । भारतीय सेनाका लागि भर्ती प्रक्रिया सञ्चालन गर्न गोरखपुरबाट आएका अधिकारीहरु अनुसार वर्षेनी लिन संख्यात्मक कोटा निर्धारित नहुने भएपनि निर्धारित परीक्षा उत्तीर्ण गर्ने सबैलाई भर्ती लिने गरिएको छ । 

नेपालबाट वर्षेनी भारतीय सेनाको छनोट परीक्षा पास गरेर भर्ती हुने युवाको संख्या २५ सयदेखि तीन हजारजना हुने गरेको छ ।

Citizen

पोखराको बैदानस्थित अञ्चल प्रहरी कार्यालय परिसरमा यसपटक पश्चिम क्षेत्रका लागि भइरहेको भारतीय आर्मीको छनोट परीक्षामा २६ जिल्लाका युवाहरू सहभागी हुँदैछन् ।

आगामी शनिवारसम्म चल्ने छनोटमा गण्डकी प्रदेशका ११ जिल्लासँगै दैलेख, सुर्खेत, बाँके, बर्दिया, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, बझाङ, अछाम, डोटी, बाजुरा, र कैलालीका युवा सहभागी हुनेछन् । फिटनेस  परीक्षणपछि निस्कने अन्तिम सूचीमा नाम परेकाहरूले मात्रै भर्ती हुन पाउनेछन् ।

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कानुनी रुपमा बाध्यकारी परिवर्तनमा सहमति भयो : बेलायत

रासस/एएफपी

स्ट्रासबर्ग, फ्रान्स — बेलायतकी प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिट सम्झौताका लागि युरोपेली युनियनबाट “कानुनी रुपमा बाध्यकारी” प्रत्याभूति प्राप्त भएको बताएकी छन् । उनले बेलायती संसदले पछिल्लो प्रस्तावलाई स्वीकृत गर्ने तथा ब्रेक्जिटको अन्यौल अन्त्य गर्ने विश्वास व्यक्त गरे ।

युरोपेली युनियनका वरिष्ठ अधिकारीहरुसँग भएको छलफलका क्रममा सोमबार साँझ महत्वपूर्ण सहमति भएसँगै प्रधानमन्त्री मेले घोषणा गरेकी हुन् । बेलायत यही मार्च २९ तारिखबाट युरोपेली युनियनबाट अलग हुँदैछ ।

युरोपेली आयोगका प्रमुख जाँ–क्लाउड जन्करले बेलायती संसदले प्रस्तावित परिवर्तित सम्झौतामा मङ्गलबार मतदान नगर्दासम्म केही बताउन नसकिने बताए । “सम्झौता गर्ने वा नगर्ने छनौट बेलायतमाथि नै छ । बेलायतको बहिर्गमन बिनाअबरोध सहज रुपमा होस् भन्ने हाम्रो चाहना हो,” प्रधानमन्त्री मेसँगै फ्रान्सेली सहर स्ट्रासबर्गमा आयोजित पत्रकार सम्मेलनमा जन्करले बताए । तीन भागमा विभक्त पछिल्लो प्रस्तावित सम्झौताले युरोपेली युनियनको सदस्य मुलुक आयरल्यान्ड र बेलायतको प्रान्तको रुपमा रहेको उत्तरी आयरल्यान्डबीचको सीमा खुला राख्ने वा नराख्ने विषय खुला राखेको छ ।

'अब हामी सबै एक हुनुपर्ने परिस्थिति तयार भएको छ । यो सुधारिएको ब्रेक्जिट सम्झौतामा समर्थन जनाउनु उचित हुनेछ । यस सम्झौताले बेलायती जनताको चाहनालाई पनि सम्बोधन गर्ने मैले विश्वास लिएको छु ।' बेलायती सांसदहरुले मङ्गलबार मतदान गर्नुअघि उक्त प्रस्तावित सम्झौतामा अध्ययन गर्नेछन् । बेलायतले युरोपेली युनियनबाट ४६ वर्षपछि सदस्यता त्याग्दैछ र अब त्यो दिन आउन १७ दिन मात्र बाँकी छ ।

बेलायतको संसद् हाउस अफ कमन्सले गत जनवरीमा प्रधानमन्त्री थेरेसा मेले गर्नुभएको प्रस्तावित ब्रेक्जिट सम्झौतालाई ठूलो मतान्तरले अस्वीकृत गरेको थियो । कुनै सार्थक परिवर्तन नभए प्रस्तावित ब्रेक्जिट सम्झौता पनि अस्वीकृत हुने सम्भावना छ ।

युरोपेली युनियनबाट बेलायत अलग्ग हुनुपर्छ भन्ने अभियानमा संलग्न नाइजल फाराजले प्रधानमन्त्री मेले युरोपेली युनियनसँग गर्नुभएको पछिल्लो प्रस्तावित सम्झौता पनि उपयोगी नभएको प्रतिक्रिया दिएका छन् । उनले ट्वीट गर्दै नयाँ प्रस्तावमा केही शब्द यताउता मात्र गरिएको बताए ।

बेलायती संसदमा मुख्य विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले पनि बेलायती संसदमा प्रधानमन्त्री मेले गरेका प्रतिबद्धता विपरीत पछिल्लो सम्झौता भएको बताए ।

प्रकाशित : फाल्गुन २८, २०७५ १७:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT