कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

फौजी हुने रहर [फोटोफिचर]

भीम घिमिरे

पोखरा — भारतीय सेनामा वर्षेनी हुँदै आएको गोर्खा भर्ती मंगलवार पोखरामा सुरू भएको छ । पाँच दिनसम्म चल्ने भर्तीमा भारतीय सेनाका लागि नेपाली युवा छनोट गरिने छन् । भर्ती हुने रहर बोकेर यतिबेला विभिन्न जिल्लाबाट पोखरा आएका युवाहरूको घुइँचो छ ।

मंगलबार पहिलो दिनको छनोट परीक्षा दिन कास्की र स्याङ्जाको पालो छ । यसका लागि १६ सय युवा सहभागी छन् । भारतीय सेनाका लागि भर्ती प्रक्रिया सञ्चालन गर्न गोरखपुरबाट आएका अधिकारीहरु अनुसार वर्षेनी लिन संख्यात्मक कोटा निर्धारित नहुने भएपनि निर्धारित परीक्षा उत्तीर्ण गर्ने सबैलाई भर्ती लिने गरिएको छ । 

नेपालबाट वर्षेनी भारतीय सेनाको छनोट परीक्षा पास गरेर भर्ती हुने युवाको संख्या २५ सयदेखि तीन हजारजना हुने गरेको छ ।

पोखराको बैदानस्थित अञ्चल प्रहरी कार्यालय परिसरमा यसपटक पश्चिम क्षेत्रका लागि भइरहेको भारतीय आर्मीको छनोट परीक्षामा २६ जिल्लाका युवाहरू सहभागी हुँदैछन् ।

आगामी शनिवारसम्म चल्ने छनोटमा गण्डकी प्रदेशका ११ जिल्लासँगै दैलेख, सुर्खेत, बाँके, बर्दिया, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, बझाङ, अछाम, डोटी, बाजुरा, र कैलालीका युवा सहभागी हुनेछन् । फिटनेस  परीक्षणपछि निस्कने अन्तिम सूचीमा नाम परेकाहरूले मात्रै भर्ती हुन पाउनेछन् ।

प्रकाशित : फाल्गुन २८, २०७५ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्