मिर्गौला दिवसमा प्रधानमन्त्री

तस्बिर : केशव थापा

काठमाडौँ — विश्व मिर्गौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग र नेपाल मेडिकल स्टुडेन्टस् सोसाइटी (एनएमएसएस) ले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए । 

कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।






प्रकाशित : फाल्गुन ३०, २०७५ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा बिस्फोट, दुई घाइते

तस्बिर : केशव थापा

काठमाडौँ — बसुन्धारास्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको घरमा शुक्रबार राति बिस्फोट भएको छ । राति करिब ८ बजे भएको विस्फोटपछिको आगलागीमा दुई जना घाइते भएका महानगरीय प्रहरी वृत्त महाराजगन्जका इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिए । घाइतेहरुलाई चिरायु अस्पताल पुर्‍याइएको छ । 

इन्स्पेक्टर थापाका अनुसार ठूलो विस्फोटको आवाजपछि आगोको मुस्लो देखेर प्रहरी घटनास्थलमा पुगेको थियो। आगलागी अहिले नियन्त्रणमा आइसकेको छ। आगो निभाउन दुई दमकल र स्थानीय खटिएका थिए।

घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रभाग तिलिङ्गटारका हवल्दार विश्वराज कुसवाहले बताए।

प्रकाशित : फाल्गुन २४, २०७५ २१:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT