कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

लालीगुराँस फुलेर वनै राताम्य

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — लाङटाङ राष्ट्रिय निकुञ्ज लगायत जिल्लाको उत्तरी क्षेत्रका अधिकांश वनजंगल लालीगुराँस फुलेर राताम्य देखिएको छ । जंगलमा फूलेका लालीगुराँसको फूलले जो कोहीको मनलाई आनन्द र मनमोहक तुल्याइ दिएको छ । वनजंगलहरु सुन्दर देखिएका छन् । फागुन महिनाको सुरुवातसँगै फूलेको राताम्य गुराँसफूलको सुन्दरताले पर्यटकलाई पनि आकर्षित गरिरहेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र विभिन्न १६ प्रजातिका लालीगुराँसहरु पाइने गरेको छ । ती फूलहरु फूलेर वनजंगल नै रातम्य बनेको छ । अहिले जिल्लाको उत्तरी क्षेत्रमा फूलेका लालीगुरांसको फुलहरु पर्यटकका लागि थप आकर्षणको केन्द्रविन्दू बनेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण विभिन्न रङ्का लालीगुराँस फूलहरुले लाङटाङ, गोसाइकुण्ड र तामाङ सम्पदा मार्गमा घुम्न आउने पर्यटकहरुलाई मोहित बनाउने गरेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र लालीगुराँस, सेतोगुराँस, चिमाल लगायत विभिन्न १६ प्रजातिका गुराँसहरु पाइने लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ । अहिले दैनिक दर्जनौको संख्यामा यस क्षेत्रमा घुम्नको लागि पर्यटकहरु आउने गरेका छन् । यस क्षेत्रमा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकहरु गुराँसका फूलेर रातम्य बनेको बनको फोटो खिच्न र फूल हेर्न व्यस्त देखिन्छन् ।

लालीगुराँसको फूललाई सदुपयोग गर्दै जिल्लाका स्थानीयहरुले जुस उत्पादन गरेर आर्थिक लाभ लिइरहेका छन् । पर्यटकहरु गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्य, निकुञ्ज क्षेत्र भित्रका जैविक विविधता, रामसार साइटमा सूचीकृत गोसाइकुण्ड, तामाङ सम्पदा मार्ग भित्र रहेको तामाङ कला र संस्कृति, लगायतका विभिन्न क्षेत्रहरुको अवलोकन गर्न वाषिर्क १० औं हजार पर्यटकहरु आउने गरेको लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालयले बताएको छ


प्रकाशित : फाल्गुन ३०, २०७५ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्