कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

फागू पूर्णिमाको चीर गाडियो

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — रंगहरुको पर्व फागू पूर्णिमा सुरु भएको संकेत स्वरुप बिहीबार उपत्यकाको वसन्तपुरमा विधिवत रुपमा चीर (लिंगो) गाडिएको छ ।

बिहीबार बिहान ११:५५ बजेको शुभसाइतमा रंगीचंगी कपडाको टुक्रा झुण्डाएर चीर गाडिएको हो । हनुमानढोका दरबारको मूलद्वार अगाडि बीस फिट अग्लो, तीन तले छत्र आकारमा रंगीचंगी कपडाका टुक्रा झुण्डाएर सिंगारिएको चीर लिंगो गाडेजस्तै गरी मानन्धर समुदायद्वारा फाल्गुन शुक्ल अष्टमीका दिन गाड्ने चलन रहेको छ । शुभसाईतमा चीर गाड्दा हनुमानढोकामा गुरुजूको पल्टनले हर्ष बढाइँ गरी सलामी समेत दिएका थिए ।

चीर गाडेपछि होली विदिवत रुपमा सुरु भएको मानिन्छ । होलीको मुख्य दिन चीर लडाएर दहन गर्ने गरिन्छ । यसवर्ष पहाडी जिल्लामा चैत ६ गते र तराईमा ७ गते होली पर्व मनाइँदै छ ।


प्रकाशित : फाल्गुन ३०, २०७५ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्