१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

धमाधम बन्दै बिजुली बस चार्जिङ स्टेसन [तस्बिरहरु]

कपिलवस्तु

मनोज पौडेल — लुम्बिनीमा सञ्चालन हुने चिनियाँ बिजुली बसको विषयमा विवाद रहे पनि त्यस्को चार्जिङ स्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । ७८ प्रतिशत बढी काम सम्पन्न भएको छ । आगामी वैशाख दोस्रो सातासम्म काम सकिने जनाइएको छ । सोलार पावर स्टेसनका लागि सोलार प्यानल जडान गर्ने काम सकिएको छ । ईक्विपमेन्ट कन्ट्रोल कोठाबाट प्यानलसम्म तारहरु लगेर जोडिइसकिएको छ । घामबाट सोलार प्यानल चार्ज भई विद्युत् उत्पादन गर्छ ।

२६० वाटका ५ सय ९४ सोलार जडान गरिएको छ । पावर हाउसले १ सय ५४ किलोवाट विद्युत् उत्पादन हुन्छ । एशियाली विकास बैंकको १३ करोडको लागतमा जापानको ईशाका ईलेक्ट्रिक कम्पनीले पावर हाउस निर्माण गरिरहेको छ । पावर हाउसमा २३ वटा गाडी चार्जर स्ट्याण्ड हुन्छ । यीमध्ये ३ वटा क्विक चार्ज छ ।

'काम तीव्र गतिमा भइरहेको छ' साइडका ईलेक्ट्रिक ईञ्जिनियर जीवन खनालले भने, 'अप्रिल सकिनुअघि नै पावर हाउस सञ्चालन गर्न सकिन्छ ।' सुरुमा पावर हाउस बनाउन साईड क्लियरेन्स नहुँदा त्यसैमा केही समय लागेको उनले बताए । १६० मिटर वाई ८० मिटर लम्बाई, चौडाईको क्षेत्रफलमा निर्माणाधिन अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्र दक्षिणतिर निर्माण भइरहेको छ ।

प्रकाशित : चैत्र ५, २०७५ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्