१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

धनुषवाण ताक्दै महिला [फोटोफिचर]

विना थापा

कास्की — गुरुङ समुदायको पाँचौं बृहत् अन्तर तमु समाज एवं एकल में त्हलें (धनुषवाण) प्रतियोगितामा महिलाहरुले सहभागिता जनाएका छन् ।धनुषवाण दिवसका अवसरमा तमु प्ये ल्हु संघ जिल्ला समिति कास्कीले बुधबार पोखरामा प्रतियोगिता आयोजना गरेको हो । यो दिवस गुरुङहरुले धनुष विद्या प्राप्त गरेको दिनको सम्झनामा मनाउँछन् ।

'धनुषवाण महिलाले छोए पाप लाग्छ,' भन्ने भनाइ छ । गुरुङ समुदायको संस्कारलाई संरक्षण गराउने उद्देश्यले महिलालाई समेत सहभागिता गराएको संघका अध्यक्ष उमबहादुर गुरुङले बताए । 'पहिलोपटक प्रतियोगितामा भाग लिँदा कस्तो होला, खेल्न जानिएला कि नजानिएला भन्ने डर लाग्थ्यो, तर यो पटक भने डर लागेन' प्रतियोगितामा सहभागी रनमाया गुरुङले भनिन् ।

लामो दूरीको अन्तरमा एक हातले धनुष समातेर अर्को हातले वाण हुत्याउनु पर्ने भएकाले यसमा बल बढी नै हुनुपर्छ । साथै तरिका र अनुशासनसमेत आवश्यकता पर्दछ । कार्यक्रम उद्घाटन तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमुले गरेका थिए ।

बुधबारदेखि सुरु प्रतियोगिता भोलि सकिनेछ । प्रतियोगितामा १४ टीमको सहभागी रहेको आयोजकले जनाएको छ ।


प्रकाशित : चैत्र ६, २०७५ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्