कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

तराईमा होली उमंग [फोटोफिचर]

मनोज पौडेल

कपिलवस्तु — उल्लास र उमंग संचार गर्ने पर्व होली बिहानैदेखि सदरमुकाम तौलिहवा र आसपासका क्षेत्रमा खेलेर मनाइयो । सानादेखि ठूला सबैले रंग र अबिरको पर्ब होली सडक, चोक, गल्ली र घर-घरमा खेलेका थिए । यहाँ बालबालिका, युवादेखि महिला र बुढापाकाले पनि सडकमा होली खेल्दै रमाइलो गरेका थिए । चोकचोकमा होलीका आधुनिक गीत संगीतका डिजे बजाएर रमाइलो गर्ने उत्तिकै थिए । रंग र अबिरसँगै नाचगान गर्दै रमाउने समूह पनि सडकमा उस्तै हिँडेका थिए ।

अधिकांश बजार र ग्रामीण क्षेत्र रंग, अबिर, लोला र पिचकारीका रंगले रंगिए । बिहानैदेखि होलीका सामान पाइने पसलमा भीड थियो । तौलिहवा, प्रमुख व्यापारिक केन्द्र कृष्णनगर र चन्द्रौटा बजार होलीमय बनेको छ । आपसी मित्रता र सद्भाव प्रगाढ बनाउन होली खेलेर खुसीयाली साटासाट गरिएको अवधि सांस्कृतिक विकास केन्द्रका अध्यक्ष आरडी ठाकुरले बताए । यहाँ सर्वसाधारण, कर्मचारी, दलका नेतादेखि कार्यकर्ता समूह समूहमा होली खेलेर रमाइलो गरेका थिए । कारागारका २ सय बढी कैदीबन्दी पनि होली खेलेका रमाए । होलीमा अमर्यादित र दुर्घटनालाई मध्यनजर गरेर प्रहरीले ठाउँ ठाउँमा चेकजाँच कडा गरेर सुरक्षा सुदृढ गरेको थियो ।

प्रकाशित : चैत्र ७, २०७५ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्